KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनीतिमा लागेपछि मात्र कमसलको बहिर्गमन सम्भव हुन्छ : अध्यक्ष डा.राउत

जनीतिमा लागेपछि मात्र कमसलको बहिर्गमन सम्भव हुन्छ : अध्यक्ष डा.राउत

जनकपुर, ३ फागुन । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राजनीतिप्रतिको चासोविहीनता र नियन्त्रण अभावमा शासित हुनुपर्ने अवस्था निम्त्याउने भएकाले दिलबाटै खेलेर राजनीतिमाथि नियन्त्रण र नेतृत्व गर्न विद्यार्थीलाई आह्वान गरेका छन् ।

विद्यार्थी जनमत संघ धनुषाद्वारा शनिबार जनकपुरधाममा आयोजित स्ववियु निर्वाचन प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले राजनीतिप्रति चासो लिने, राजनीतिलाई नियन्त्रित र निर्धारण गर्ने व्यक्तिले शासन गरिरहने भएकाले राजनीतिलाई समय बिताउने तथा अंशकालीन बनाउने रुचिबाट उब्रिन विद्यार्थीहरूलाई आग्रह गरेका हुन् । उनले राजनीतिमा चासो लिनैपर्ने र नलिई बस्न नसकिने हुँदा राजनीतिमाथि नियन्त्रण गरी जित हासिल गर्नेतर्फ लाग्नुपर्ने बताए ।

उनले भने, ‘यो मस्तिष्कबाट हटाउनुस् कि राजनीति भनेको समय बिताउने काम हो । मन नलागी गर्नेजस्तो अंशकालीन राजनीति गर्ने पनि होइन । अलिकता देखिहाल्छु, सुनिहाल्छु भनेर हुँदैन । पुरा दिलबाट लाग्नुस् । अनि जित हासिल हुन्छ । अब्बल मानिस राजनीतिमा लाग्दा मात्र कमसल मानिसको बहिर्गमन हुन्छ ।’

अध्यक्ष राउतले राजनीतिले नै सबैथोक निर्धारण गर्ने भएकाले यसमा बहानाबाजीको ठाउँ नरहने औंल्याए । उनले अखाडामा उत्रिने पहलमानले पिठ्युमा गिट्टीढुङ्गाले घोचेर, चिप्लिएर, अभ्यास नपुगेर वा भोकभोकै आएकाले जित्न नसकेको भन्नुको कुनै अर्थ नरहेको भन्दै त्यहाँ हार्नु भनेको हार्नु र जित्नु भनेको जित्नु रहेकाले चित्त बुझाउने भाषाको प्रयोग गर्न नपर्ने अवस्थामा पुग्नुपर्ने उल्लेख गरे ।

उनले चुनावमा समेत एक भोटले वा हजार भोटले जित्नु भनेको जित नै भएकाले नयाँ संगठन, चुनावमा पहिलोपटकको सहभागिता र अनुभवको कमीृ आदि निहुँ बनाएर जितबाट पन्छिन नमिल्ने भन्दै कुनै हालतमा जित्नुपर्छ भन्ने एकमात्र विकल्प राखेर रणनीति, कार्यक्रम र त्यसअनुसारको मिहिनेत गर्न विद्यार्थीलाई सुझाए ।

उनले भने, ‘हामी नयाँ छौँ । अखिल र नेविसंघ पुराना छन् । तिनीहरूसँग कसरी सक्ने भन्ने मानसिकता त्याग्नुस् । तिनीहरू पुराना भएर पनि केही गर्न नसकेको र तिनीहरूलाई हेरिसकिएको अवस्थामा पुराना भएको स्थितिलाई नस्वीकार्नुस् । आफ्ना दृष्टि, गर्नुपर्ने कामका विवरण र विकृति सुधारका योजना नयाँ प्रविधिसमेतको प्रयोग गरी प्रसार गर्नुस् । नयाँ हुनुको फाइदा हामीसँग छ । नयाँ मोबाइल पुरानाभन्दा उन्नत हुन्छ ।’

अध्यक्ष राउतले प्लसटु संस्कृतिका कारण कोर्सका किताब, प्रश्नपत्र र प्रश्नपत्रको सङ्ग्रहमा विद्यार्थीहरू रुम्मिलिँदा जागरुक र जिम्मेवार नागरिक बन्न नसकेको अवस्था विद्यमान रहेको भन्दै देश र विश्वमा हुनेगरेका घटनाबारे जानकारी तथा दृष्टि तथा बोध निर्माणले व्यक्तित्वको पहिचान स्थापित हुने बताए । उनले च्याट जिपिटीले जुनसुकै समस्याको समाधान एकदुई मिनेटमै दिने बेलामा किताबी ज्ञानको मात्र महत्त्व नहुँदा कोर्सका किताबमात्र पढ्ने र परीक्षामा अङ्क ल्याउने काम पर्याप्त नभएको उल्लेख गर्दै बोल्ने, जानकारी राख्ने र सम्झाइबुझाइ गर्ने तरिका सिक्न विद्यार्थीलाई सुझाए । उनले भने, ‘तपाईँहरू कहिल्यै मेरा सर्टिफिकेट हेर्नुभएको छ ? हेर्नुभएको छैन । तर म के बोलिरहेको छु, के जानकारी दिइरहेको छु त्योचाहिँ देखिरहनुभएको छ ।’

अध्यक्ष राउतले अहिले कसरी प्लस टु उतीर्ण गर्ने र कसरी विदेश जाने भन्ने मानसिकता रहेको तर कुनै बेला कलेज जाँदा ज्ञानार्जन हुने बुझाइ तथा कलेजका विद्यार्थीमा एक किसिमको परिपक्वता रहने गरेको स्मरण गरे । उनले भने, ‘उतिबेला बिबिसी, भ्वाइस अफ अमेरिकाबाट इराकइरान युद्धका कुरा सुनेर, अल इन्डिया रेडियोबाट गीतलगायत फरमाइस कार्यक्रम सुन्ने गाउँकै मानिस थिए । उनीहरू जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्थे । तर, प्लसटु संस्कृतिबाट त्यसमा स्वाभाविक रूपमा कमी आएको छ ।’

कार्यक्रममा मधेश प्रदेशसभामा पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादवले विद्यार्थीका गुनासा र समस्या सम्बोधन गरेर चुनावमा मत हासिल गर्न सकिने भन्दै यसका लागि जनमत संघका विद्यार्थीहरूले प्रयास गरिरहनुपर्ने बताए । विद्यार्थीका काम गरेरै आफूले जनकपुरधामको राराब क्याम्पसको स्ववियुको नेतृत्व गर्न पाएको सम्झँदै राराब क्याम्पसको स्ववियुका पूर्वसभापति यादवले विद्यार्थीसँगको सम्बन्ध, सद्भाव र समन्वयले मात्र स्ववियुमा जितको बाटो प्रशस्त गर्ने अनुभव सुनाए ।

Facebook Comment


Related Posts

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

मिहामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

मिहामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

महामन्त्रीका लागि तयार छु : मनीष झा

महामन्त्रीका लागि तयार छु : मनीष झा

असन्तुष्ट अमरेशले गरे रास्वपा महाधिवेशन बहिष्कार?

असन्तुष्ट अमरेशले गरे रास्वपा महाधिवेशन बहिष्कार?

रास्वपामा महामन्त्री पदका लागि प्रतिस्पर्धा चर्किंदै

रास्वपामा महामन्त्री पदका लागि प्रतिस्पर्धा चर्किंदै

ताजा समाचार

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

मिहामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

मिहामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

महामन्त्रीका लागि तयार छु : मनीष झा

महामन्त्रीका लागि तयार छु : मनीष झा

असन्तुष्ट अमरेशले गरे रास्वपा महाधिवेशन बहिष्कार?

असन्तुष्ट अमरेशले गरे रास्वपा महाधिवेशन बहिष्कार?

रास्वपामा महामन्त्री पदका लागि प्रतिस्पर्धा चर्किंदै

रास्वपामा महामन्त्री पदका लागि प्रतिस्पर्धा चर्किंदै


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar