रौतहट, ३० माघ । रौतहट जिल्लाको कटहरियास्थित एक वर्कसपमा भएको छ ।
मंगलबार आगलागी हुँदा ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जनाएको छ । कटहरिया नगरपालिका–५ स्थित बजारमा वडा ९ डुमरिया गाउँका राजु रामले सञ्चालन गरेको राजु वर्कसपमा विद्युतको तार सर्ट भई राति १० बजे अचानक आगलागी भएको थियो भने प्रहरीका अनुसार आगलागीबाट वर्कसपमा राखिएको बा ४ ६ प ९०७ नम्बरको मोटरसाइकल र बिक्रीका लागि राखिएको पार्टपुर्जा जलेर नष्ट भएका हो ।
आगलागी भएको खबर पाएपछि गएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।












