काठमाडौँ, २८ माघ । शंखरापुर नगरपालिका–८ स्थित जङ्गलमा चितुवा मृत अवस्थामा भेटिएको छ ।
कालिका देवी सामुदायिक वनमा चितुवा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताएको छ ।
सडेगलेको अवस्थामा चितुवा फेला परेको हो । घटनाबारे इलाका बन कार्यालय साँखु र प्रहरी प्रभाग साँखुको टोलीले अनुसन्धान गरिरहेको छ ।














