काठमाडौं, २८ माघ । काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएका छन् ।
चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ । झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेको हो ।
पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । प्रहरीका एक अधिकृत अनुसार घटनालाई गोप्य राखेर अनुसन्धान अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भईको प्रहरीले जनाएको छ ।














