जनकपुर, १९ माघ । सर्लाही नगरपालिका ८ का मुकेश रायलाई आज कुटपिटको शिकार बनाइएको छ।
जनकपुरको रामानन्द चोक र पिराडी चोक बीच स्थित बागवानी अगाडिको एक कवाड (कारखाना) मा भएको घटना हो, जहाँ पैसा सम्बन्धी लेनदेनको विषयमा विवाद उत्पन्न भएको थियो।
विवाद बढ्दै जाँदा, कारखानाका सबै कर्मचारीले मिलेर रायलाई कुटपिट गरेका थिए, जुन घटनाको प्रत्यक्षदर्शीले पुष्टि गरेका छन्।
कुटपिटपछि रायलाई तत्काल उपचारको लागि अस्पताल पुर्याइएको छ।
प्रहरीका अनुसार, कुटपिटमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिसकिएको छ र थप अनुसन्धान जारी छ।
उक्त कबाड़को नाम फेकु कबाड़ रहेको बुझिएको छ ।
https://www.facebook.com/kpkhabar02/videos/1598918264079210














