काठमाडौं, २७ पौंस । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
राष्ट्रपति पौडेलले शनिवार बिहान सिंहदरबार पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।
प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटस्थित पृथ्वीनारायण शाहको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।












