KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विकास र न्यायको लागि दलित समुदायसँग सहकार्य अपरिहार्य छ : नगरप्रमुख महतो

विकास र न्यायको लागि दलित समुदायसँग सहकार्य अपरिहार्य छ : नगरप्रमुख महतो

सिरहा, २६ पौंस । सिरहाको धनगढीमाई नगरपालिकामा “धनगढीमाई नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा दलित समुदायको पहुँच“ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगरप्रमुख शिवशंकर महतोले दलित समुदायको विकास र सशक्तीकरणका लागि पालिकाले प्रयास गरिरहेको र आगामी दिनमा थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नगरप्रमुख महतोले बजेट निर्माणमा दलित समुदायको सक्रिय सहभागिताको आवश्यकता औंल्याउँदै पालिकाले हालसम्म मुसहर समुदायलाई लक्षित गर्दै करार खेती आयोजना सञ्चालन, किसानहरूलाई मोटर वितरण, र चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि जनसंख्याको अनुपातमा बजेट विनियोजन गर्न नसकिएको स्वीकार गरे। साथै, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका लागि विशेष कार्यक्रम ल्याइने प्रतिवद्धता जनाए । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले बालविवाहमुक्त नगर घोषणाका लागि दलित समुदायका छोरीहरूलाई २० वर्षपछि विवाह गर्दा १० हजार रुपैयाँ सहयोग गर्ने कार्यक्रम ल्याएको जानकारी गराइन् ।

उनले दलित समुदायका नेताहरू बजेट निर्माण र नीतिगत सुधारमा पर्याप्त सक्रिय नभएकोले पनि दलित लक्षित बजेट न्यून रहेको बताइन् । कार्यपालिका सदस्य सतीलाल सदाले बजेट निर्माण प्रक्रियामा दलित समुदायको प्रतिनिधित्व र सहभागिता नभएकाले बजेट कम छुट्याइएको बताए। वडाध्यक्ष सूर्यनारायण यादव, हमिद मियाँ, ओमप्रकाश यादव, र सूर्यमान तामाङले आगामी दिनमा दलितलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानको अध्यक्षतामा अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । संयोजक मनिष कोइराला र सुशिन्द्र पासवानले प्रस्तुत गरेको प्रतिवेदनमा धनगढीमाई नगरपालिकामा दलित समुदायको बजेट, नीति र कार्यक्रममा पहुँचको अवस्था विवरण प्रस्तुत गरियो ।

सहभागीहरूले पालिकाको उत्तरदायित्वलाई प्रभावकारी बनाउन यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा राखे । अन्तरक्रियामा दलित समुदायको लागि बजेट प्रभावकारी बनाउन समुदायको सक्रिय सहभागिता, संगठित दबाब, र योजनाबद्ध कार्यको आवश्यकता रहेको औंल्याइयो ।

दलित मैत्री नेतृत्वको अभाव, चेतनाको कमी, र पालिकामा पहुँचको अभावले बजेट प्रभावकारी हुन नसकेको सहभागीहरूको निष्कर्ष थियो । धनगढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा ८२ करोड २५ लाख ३९ हजार रुपियाँको बजेट सार्वजनिक गरेको थियो। त्यसमा दलितका लागि ७ लाख मात्र छुट्याइएको थियो, जसको प्रतिशत ०.०८ रह्यो ।

आर्थिक वर्ष २०८०÷८१ मा ९० करोड ६३ लाख १८ हजार रुपियाँको बजेट सार्वजनिक गरिएको छ, जसमा दलितका लागि ४७ लाख विनियोजन गरिएको छ। यो बजेटमा दलित लक्षित कार्यक्रमहरूमा मुसहर समुदायको आवास निर्माण, चेतनामूलक तालिम, र सिपमूलक कार्यक्रमका लागि व्यवस्था गरिएको छ ।कार्यक्रमले दलित समुदायको सशक्तीकरण र स्थानीय सरकारको उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ। सहभागीहरूले दलित समुदायको आवश्यकता र मागलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न आग्रह गरे ।

यस्तै, यस्ता कार्यक्रमको निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको समन्वयमा काम गर्नुपर्नेमा जोड दिइयो ।

स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति धनगढीमाईका संयोजक टिकाराम विश्वकर्माको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नगरपालिका सबै वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्य ,अनुगमन समितिका सदस्य,पत्रकार समेतको सहभागिता रहेको थियो ।

Facebook Comment

Related Posts

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar