काठमाडौँ, २२ पौस । सुन लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौँबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौँको टोखा नगरपालिका–१ झोर बस्दै आएका २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भन्ने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ घर भई काठमाडौँ महानगरपालिका–६ बस्ने २२ वर्षीय लालबहादुर तामाङ रहेका छन् ।
फ्लाई दुबईको उडानबाट पौस १४ गते नेपाल आएकी महिलाले लेसिलो स्वरूपमा प्याड जस्तो आकार बनाई भित्री वस्त्रमा लुकाएर ल्याएको अवैध सुन अपरिचित व्यक्तिहरुले लुटी लगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय शाखा भक्तपुरबाट प्रहरी टोली खटिएको थियो ।














