काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक भएको छ। नेपालको मन्त्रिपरिषद्ले भ्रमणलाई स्वीकृति प्रदान गरेसँगै भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री शाहको नयाँ दिल्ली भ्रमणका कार्यक्रम सार्वजनिक गरेको हो।
मंसिर ६ गतेदेखि सुरु हुने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस. जयशंकर, प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो नयाँ दिल्ली पुग्नेछन्। सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता तथा विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर एवं आदानप्रदान गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको समय तालिका
मंसिर ६ गते, आइतबार
-
दिउँसो ३:१५ बजे: प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्ली पुग्ने।
-
साँझ ६:०० बजे: होटल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता।
-
आइतबारका लागि अन्य औपचारिक भेटघाट तथा कार्यक्रम तय गरिएको छैन।
मंसिर ७ गते, सोमबार
-
बिहान १०:०० बजे: भारतीय राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत तथा भेटघाट।
-
त्यसपछि: राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण।
-
हैदरावाद हाउसमा: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता।
-
दिउँसो १२:२५ बजे: नेपाल र भारतबीच सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन।
-
दिउँसो ३:१५ बजे: भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति निवासमा भेटवार्ता।
-
दिउँसो ४:५० बजे: प्रधानमन्त्री शाह नयाँ दिल्लीबाट नेपाल फर्किने।













