काठमाडौँ, १५ असोज । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्प्रति पर्याप्त उत्तरदायित्व नदेखाएको भन्दै आलोचना गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाँदा संसद्लाई जानकारी नगराएको र फर्किएपछि पनि त्यसबारे जानकारी नदिएको बताए। प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने उनको भनाइ थियो।
आङदेम्बेले संसद् प्रधानमन्त्रीको इच्छाअनुसार चल्ने संस्था नभएको उल्लेख गर्दै संसद् र त्यहाँ उठाइएका प्रश्नलाई सम्मान गर्न आग्रह गरे। लोकतन्त्रको आधारका रूपमा रहेको संसद्को परम्परा तोड्ने नाममा गलत अभ्यास स्थापित नगर्न पनि उनले चेतावनी दिए।














