काठमाडौं, १३ असोज । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश खरेलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै खरेलले विपद् दैवी शक्तिका कारण नभई प्राकृतिक वा मानव सिर्जित हुने भएकाले कोषको नाम ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्नुपर्ने बताए।
उनले यस विषयमा आफूले यसअघि पनि संसद्मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको स्मरण गर्दै सरकारको जवाफको प्रतीक्षामा रहेको बताए।














