काठमाडौं, २२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ।
वार्तामा रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै नेपाल र नेपाली जनताप्रति अमेरिकी ऐक्यबद्धता जनाएका छन्। उनले विपद्को समयमा नेपाललाई थप सहयोग गर्न अमेरिका तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे।
लामिछानेले बाढीपछि खोजी, उद्धार तथा राहतका लागि सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिँदै नेपालमा रहेका नेपाली तथा विदेशी नागरिकको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको बताए। उनले अमेरिकी सहयोगप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।














