काठमाडौं, ४ साउन । नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले विभिन्न क्षेत्रमा करिब २०० अर्ब रुपैयाँ थप लगानी गर्ने तयारी गरेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको छलफलमा कम्पनी प्रतिनिधिहरूले जलविद्युत्, खाद्य, होटल, पेय पदार्थ, पेन्ट र सिमेन्टलगायत क्षेत्रमा लगानी विस्तार गरिने जानकारी दिए।
लगानी बढाउन नीतिगत स्थिरता, सहज कर–भन्सार व्यवस्था र श्रम कानुन सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ। अर्थमन्त्री वाग्लेले लगानी र रोजगारी वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।














