काठमाडौँ, २२ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले नेपालमा एलपी ग्यासको आयात नघटेको बताउँदै बजारमा ग्यास अभाव नभएको स्पष्ट पारेकी छन् ।
शुक्रबार प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिँदै उनले नियमित माग धान्ने गरी ग्यास आपूर्ति भइरहेको बताइन्। साउनदेखि भरिएको सिलिन्डर वितरण गर्न थालेपछि एकैपटक माग बढ्दा बजारमा अस्थायी असन्तुलन देखिएको उनको भनाइ छ ।
मन्त्री यादवका अनुसार देशभर ५८ वटा ग्यास उद्योग सञ्चालनमा छन्, जसको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन छ । बजारमा १ करोड ७५ लाख सिलिन्डर भर्न सक्ने क्षमता रहेको पनि उनले जानकारी दिइन् ।














