काठमाडौं, १९ साउन । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएपछि आन्तरिक उडानको हवाई भाडा पनि बढेको छ । १७ साउनदेखि लागू भएको नयाँ मूल्यअनुसार हवाई इन्धन प्रतिलिटर २९० रुपैयाँ पुगेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन मूल्य समायोजनपछि नयाँ फ्यूल सरचार्ज लागू गरेको हो । नयाँ भाडा आजैदेखि कार्यान्वयनमा आएको छ ।
काठमाडौं–धनगढी रुटमा टिकट ८८० रुपैयाँले बढेर ११ हजार रुपैयाँ पुगेको छ । विराटनगर–धनगढी रुटमा १,२९० रुपैयाँ, नेपालगन्ज–भद्रपुरमा १,१७० रुपैयाँ र जनकपुर–धनगढी रुटमा १,१०० रुपैयाँसम्म भाडा वृद्धि भएको छ ।
अन्य अधिकांश आन्तरिक रुटमा पनि १८० रुपैयाँदेखि ८१० रुपैयाँसम्म टिकट महँगिएको प्राधिकरणले जनाएको छ ।














