काठमाडौं, २२ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी बस्ती हटाउने सरकारी कदमको आलोचना गरेका छन् ।
उनले मानवीय र कानुनी आधारबिना बस्ती भत्काउनु उचित नभएको बताए । एक कार्यक्रममा बोल्दै घिसिङले आफू नेपाल विद्युत् प्राधिकरणमा रहँदा नागरिकताको आधारमा सुकुमवासी बस्तीमा निःशुल्क मिटर वितरण गरी बिजुली सेवा उपलब्ध गराएको स्मरण गरे ।
उनले सुकुमवासी तथा ऐलानी जग्गाको समस्या दीर्घकालीन र व्यवस्थित ढंगले समाधान गर्नुपर्ने बताउँदै केवल घर भत्काउने होइन, नागरिकको संरक्षण र व्यवस्थापनमा सरकार केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।














