काठमाडौं, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोग प्रमुखको जिम्मेवारी भुवन केसीलाई दिएका छन् ।
पार्टी सचिवालय बैठकको निर्णयअनुसार केसीलाई उक्त पदमा मनोनयन गरिएको रास्वपाले जनाए ।
यसअघि प्रमुख रहेका भरतमणि देवकोटाको राजीनामापछि पद रिक्त थियो । आगामी महाधिवेशनको तयारीलाई ध्यानमा राख्दै पार्टीले रिक्त रहेको जिम्मेवारीमा केसीलाई नियुक्त गरेको जनाएको छ ।














