जनकपुर, १६ जेष्ठ । नेकपा एमालेले केही नेताहरूको जिम्मेवारी हेरफेर गर्दै जारी गरेको कार्यविभाजनमा पार्टी परित्याग गरिसकेका केन्द्रीय सदस्य उमाशंकर अरगरियालाई पनि धनुषामा मिसन पार्टी जागरण अभियान सञ्चालन गर्ने जिम्मेवारी दिएको छ ।
अरगरियाले गत फागुनको निर्वाचनमा पराजित भएपछि साधारण सदस्यसमेत नरहने गरी एमाले त्यागेको घोषणा सामाजिक सञ्जालमार्फत गरेका थिए ।
तर शुक्रबार सार्वजनिक गरिएको एमालेको अपानीमा उनको नाम समावेश गर्दै धनुषामा पार्टी जागरण अभियानको जिम्मेवारी तोकिएको देखिएको छ ।














