KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बजेट भाषणका लागि किन रोजिन्छ दिउँसो ४ बजेको समय ?

बजेट भाषणका लागि किन रोजिन्छ दिउँसो ४ बजेको समय ?

काठमाडौं, १५ जेठ । नेपालमा पछिल्ला वर्षहरूमा अर्थमन्त्रीहरूले बजेट भाषण प्रायः दिउँसो ४ बजे प्रस्तुत गर्ने प्रचलन बस्दै गएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पनि आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने तय गरिएको छ ।

जानकारहरूका अनुसार बजेट साँझतिर प्रस्तुत गर्ने परम्पराको स्पष्ट कारण भने छैन । यद्यपि, बजेट तयारीको अन्तिम चरण रातिसम्म चल्ने भएकाले अर्थमन्त्रीलाई केही समय विश्राम मिलोस् भन्ने सोचले पनि यस्तो अभ्यास बसेको बताइन्छ ।

प्रि–बजेट छलफलका क्रममा प्रतिनिधिसभाको अर्थ समितिमा सांसदहरूले यसबारे प्रश्न उठाउँदा अर्थमन्त्रीले बजेट तयारी राति अबेरसम्म चल्ने भएकाले ढिलो समय राख्ने गरिएको बताएका थिए ।

हरेक वर्ष १४ जेठको रातिसम्म अर्थ मन्त्रालयमा बजेटको अन्तिम रूप दिने काम जारी रहन्छ । बजेट निर्माणमा संलग्न मन्त्री, सचिव तथा कर्मचारीहरू रातिसम्म खटिने गर्छन् । त्यसपछि मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरी संसद्मा पठाउने, छपाइ गर्ने र सांसदहरूलाई वितरण गर्ने प्रक्रिया पूरा गर्नुपर्ने भएकाले पनि समय लाग्ने गर्दछ ।

आजकै दिन गणतन्त्र दिवसका औपचारिक कार्यक्रमसमेत पर्ने भएकाले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रीहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने बाध्यता रहन्छ । यसले पनि बजेट प्रस्तुत गर्ने समय अपराह्नतिर धकेलिने गरेको अधिकारीहरूको भनाइ छ ।

अर्कोतर्फ, बजेट सार्वजनिक भएसँगै नयाँ कर तथा भन्सार दर लागू हुने भएकाले त्यसअघिसम्म पुरानै दर कायम रहन्छ । अपराह्न बजेट ल्याउँदा भन्सार प्रक्रिया व्यवस्थापनमा सहज हुने तर्क पनि अर्थ मन्त्रालयका अधिकारीहरूको छ ।

यसबाहेक, दिउँसोपछि कार्यालयहरू बन्द हुने र सर्वसाधारणले समेत सहज रूपमा बजेट हेर्न तथा सुन्न पाउने भएकाले ४ बजेको समय उपयुक्त मानिएको अनुमान गरिन्छ ।

Facebook Comment

Related Posts

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar