KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ दरबन्दी थप, कुल संख्या १ हजार ८०८ पुग्यो

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ दरबन्दी थप, कुल संख्या १ हजार ८०८ पुग्यो

काठमाडौं, १४ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) संरचना स्वीकृत भएपछि स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ दरबन्दी थपिएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृति दिएको नयाँ संरचनाअनुसार अब स्वास्थ्य क्षेत्रमा कुल १ हजार ८०८ दरबन्दी कायम हुने भएको छ । सामान्य प्रशासन मन्त्रालयले स्वीकृत दरबन्दी संरचना स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई पठाइसकेको जनाएको छ।

मन्त्रालयका अनुसार अब ती पदहरूमा लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा पदपूर्ति प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ । हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत ८३१ दरबन्दी मात्रै रहेको अवस्थामा नयाँ संरचना लागू भएसँगै थप दरबन्दी समावेश गरिएको हो। स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयले विशेषगरी विशेषज्ञ चिकित्सकहरूको संख्या बढाइएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सकको पद विस्तारले स्वास्थ्य सेवा प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि, स्वीकृत दरबन्दी सूची तत्काल भर्नाका लागि नभई संघीय संरचनाअन्तर्गतको प्रशासनिक व्यवस्थापनका लागि तयार गरिएको स्पष्ट पारिएको छ।

त्यस्तै, संघीय तहमा आवश्यक स्वास्थ्य जनशक्ति व्यवस्थापनलाई व्यवस्थित गर्ने लक्ष्यसहित प्राविधिक स्वास्थ्य जनशक्ति उत्पादन तथा वितरण प्रणालीलाई समेत पुनर्संरचना गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सीएमए, अहेब, अनमी लगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको दरबन्दी भने प्रदेश र स्थानीय तहमा बढी संख्यामा खुल्ने जनाइएको छ।

Facebook Comment

Related Posts

कीर्तिपुर कार आगलागी : मृतक सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि

कीर्तिपुर कार आगलागी : मृतक सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि

पर्यटन क्षेत्रका नीतिगत सुधारमा सरकार सकारात्मक : प्रधानमन्त्री

प्रधानमन्त्रीको निर्णयपछि शिक्षा समता शुल्क रोकियो

श्रम बजार सुधारका लागि अनलाइन प्लेटफर्म ल्याइँदै : श्रममन्त्री

श्रम बजार सुधारका लागि अनलाइन प्लेटफर्म ल्याइँदै : श्रममन्त्री

जनकपुरमा साम्पाङ विवाद चर्कियो, फेसबुकबाट दिए यस्तो प्रतिक्रिया

जनकपुरमा साम्पाङ विवाद चर्कियो, फेसबुकबाट दिए यस्तो प्रतिक्रिया

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

कीर्तिपुरमा कारभित्रै जलेर एक जनाको मृत्यु, कारण खुल्न बाँकी

कीर्तिपुरमा कारभित्रै जलेर एक जनाको मृत्यु, कारण खुल्न बाँकी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar