काठमाडौं, १३ जेष्ठ । राष्ट्रिय मानव अधिकार आयोगले २३ र २४ भदौको आन्दोलनमा भएको मानव अधिकार उल्लंघनबारे पूर्वप्रधानन्यायाधीश शुशिला कार्की लगायत विभिन्न व्यक्तिमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ ।
आयोग सदस्य डा. लिली थापाको संयोजकत्वमा बनेको समितिको प्रतिवेदनका आधारमा आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिमा उनीहरूको संलग्नता, अभिव्यक्ति र दुरुत्साहनको भूमिका रहे-नरहेकोबारे सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सुझाव दिइएको हो ।
आयोगले हामी नेपालका अध्यक्ष सुधन सुधन गुरुङ्ग विभिन्न अभियन्ता, आयोजक र सामाजिक सञ्जालमा सक्रिय व्यक्तिहरूमाथि पनि अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाही गर्न सिफारिस गरेको छ ।
सिफारिस प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको आयोगले जनाएको छ ।














