काठमाडौं, १३ जेष्ठ । नेपाली कांग्रेसले रास्वपा परित्याग गरी कांग्रेस प्रवेश गरेकी ममता शर्मालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेको छ ।
सभापति गगन कुमार थापाले पार्टी विधानअनुसार बाराकी शर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
रास्वपाकी मधेश प्रदेश संस्थापक सभापति रहेकी शर्माले टिकट वितरणमा आर्थिक चलखेल र विधि मिचिएको आरोप लगाउँदै पार्टी छाडेकी थिइन् ।














