काठमाडौं, ४ जेष्ठ । प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड र पर्चासहित विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले यस्तो शैली संसद्मा नदोहोरÞ्याउन निर्देशन दिएका छन् ।
सोमबारको बैठकमा सांसदहरूले सभामुखअगाडि प्ले कार्ड प्रदर्शन गर्दै छातीमा पर्चा टाँसेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले संसद् कानुन निर्माणको मर्यादित थलो भएकाले विरोध पनि संसदीय मर्यादाभित्र रहेर गर्नुपर्ने बताएका हुन् ।
उनले प्ले कार्ड र पर्चा प्रयोग गर्ने शैलीलाई असंसदीय भन्दै आगामी दिनमा यस्तो गतिविधि नगर्न आदेश दिएका छन् । यद्यपि निर्देशनपछि पनि श्रम संस्कृति पार्टीका सांसदहरू पर्चा टाँसेरै बैठकमा बसेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ दिन अनुपस्थित भएपछि उक्त पार्टीले विरोध जनाएको थियो ।














