काठमाडौं, ३ जेष्ठ । प्रधानमन्त्री बालेन्द्र शाहले कीर्तिमानी नेपाली आरोही कामी रिता शेर्पा र लाक्पा शेर्पा लाई बधाई तथा सम्मान व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत शाहले कामी रिताले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान नवीकरण गरेको तथा लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गरी महिला आरोहीतर्फ नयाँ विश्व कीर्तिमान बनाएको उल्लेख गरेका छन् ।
शाहले नेपाली आरोहीहरूको सफलताले नेपालको पर्वतीय पर्यटन र अन्तर्राष्ट्रिय प्रतिष्ठा अझ उचो बनाएको बताएका छन् ।
उनले शेर्पा समुदायलाई हिमालयका अदृश्य नायक भन्दै पर्वतारोहण क्षेत्रमा उनीहरूको योगदान असाधारण रहेको उल्लेख गरेका छन् ।














