काठमाडौं, १ जेष्ठ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले कुल बजेटको करिब ६० प्रतिशत खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार रु १९ खर्ब ६४ अर्ब ११ करोडको वार्षिक बजेटमध्ये हालसम्म रु ११ खर्ब ७३ अर्ब ५२ करोड खर्च भएको हो ।
चालुतर्फ ६८.९८ प्रतिशत खर्च हुँदा पुँजीगत अर्थात् विकास खर्च भने २७.९१ प्रतिशतमा सीमित भएको छ। वित्तीय व्यवस्थातर्फ ६५.३० प्रतिशत खर्च भएको छ ।
यस अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ६६ प्रतिशत मात्रै पुगेको छ । राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको अवस्थामा वैदेशिक अनुदान प्राप्ति पनि ३३.२८ प्रतिशतमा सीमित रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।














