प्युठान, १ जेष्ठ । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ डामृखेलास्थित देविस्थान नजिक शुक्रबार भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
लु. प्र. ०२–००१ ज ०१०४ नम्बरको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने अन्य घाइतेहरूको उद्धार कार्य जारी छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।














