काठमाडौं, १ जेष्ठ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा -एसईई) का ननग्रेडेड विद्यार्थीका लागि सञ्चालन हुने पुरक -ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार परीक्षा आगामी असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ । यस वर्षको एसईई परीक्षामा १ लाख ४६ हजार ५०७ विद्यार्थी ननग्रेडेड भएका थिए।
परीक्षा तालिका सम्बन्धी सूचना बोर्डले आज सार्वजनिक गरेको हो ।














