काठमाडौं, १५ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पर्ने र अनावश्यक आर्थिक बोझ बढ्ने निष्कर्षसहित आगामी १ वैशाखदेखि यस्ता कक्षा पूर्ण रूपमा बन्द गरिने जनाइएको छ ।
नयाँ शिक्षा मन्त्री सस्मित पोखरेल आएपछि उक्त निर्णय लागू गरिएको हो ।














