जनकपुर, १५ चैत । जनता समाजवादी पार्टी -जसपा) नेपालले चैत १५ गतेका लागि तय गरिएको केन्द्रीय समन्वय समितिको बैठक स्थगित गरेको छ ।
बैठक सम्पन्न गर्न थप समय आवश्यक परेको भन्दै अर्को सूचना नआएसम्मका लागि बैठक रोकेको जनाएको छ ।
यसैबीच पार्टीले हालै गठन भएको नयाँ सरकारलाई बधाई तथा शुभकामना दिँदै राजनीतिक अन्योल अन्त्य हुने विश्वास व्यक्त गरेको छ।
साथै, विगतका उपलब्धिहरूलाई संस्थागत गर्दै विधिको शासन कायम गर्न सरकारलाई आग्रह गरेको छ ।














