काठमाडौं, १५ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएका छन् ।
उनकी श्रीमती राधिका शाक्यको तर्फबाट दायर गरिएको उक्त रिटमा ओलीलाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गरिएको छ । रिट आइतबार दर्ता भए पनि यसमाथिको सुनुवाइ आगामी सोमबारका लागि तोकिएको छ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओलीलाई चैत १४ गते पक्राउ गरिएका थिए । पक्राउपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । एमालेले ओलीको गिरफ्तारीलाई पूर्वाग्रही र गैरकानूनी भन्दै यसको राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने बताए ।














