काठमाडौं, १५ चैत । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ ।
यस क्रममा परिवारसँग सम्बन्धित सम्पत्ति विवरण, जग्गा खरिद र आर्थिक कारोबारको तथ्य संकलन भइरहेको छ । प्रमाण नष्ट हुन सक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा भइरहेको भवन भत्काउने काम प्रहरीले रोक लगाएको छ ।
पछिल्लो समय जयवीर देउवालगायत नजिकका व्यक्तिहरूका नाममा खरिद गरिएको करिब ७३ रोपनी जग्गा र आर्थिक कारोबारबारे अनुसन्धान केन्द्रित गरिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण, टेलिकम बिलिङ अनियमितता लगायतका उजुरीसँग जोडेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको स्रोतले जनाएको छ ।














