काठमाडौं, १४ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउपछि देशभर सुरक्षा सतर्कता उच्च बनाइएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ले सुरक्षाकर्मीलाई …हाई अलर्टÚमा राख्दै स्ट्यान्डबाई बस्न निर्देशन दिएका छन् । प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार बिदा रोक्दै गस्ती र निगरानी बढाइएको छ ।
गृहमन्त्री सुधन गुरुङ ले सुरक्षा प्रमुखहरूसँग छलफल गरी सम्भावित जोखिमको मूल्यांकन गरेका छन् । विभिन्न स्थानमा प्रदर्शन भए पनि अपेक्षाभन्दा कमजोर रहेको निष्कर्ष निकालिएको छ ।
काठमाडौंसहित देशका २१ स्थानमा प्रदर्शन हुँदा केहीलाई नियन्त्रणमा लिइएको छ ।














