काठमाडौं, १४ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा पार्टीका कार्यकर्ताहरू काठमाडौंको चावहिल क्षेत्रमा सडक प्रदर्शनमा उत्रिएका छन् ।
ललितपुरको च्यासलमा सचिवालय बैठक जारी रहेकै बेला कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
ओली पक्राउपछि एमालेले विरोध कार्यक्रम अघि बढाउने संकेत दिएको थियो र सोहीअनुसार सडक आन्दोलन सुरु भएको हो ।














