काठमाडौं, १३ चैत । राष्ट्रिय परीक्षा बोर्ड ले चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा -एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने जापानमा समेत एक केन्द्रबाट परीक्षा सञ्चालन हुनेछ । यसवर्ष पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुनेछन्, जसमा छात्राको सङ्ख्या बढी छ ।
परीक्षा चैत १९ देखि २९ गतेसम्म बिहान ८ बजेदेखि सञ्चालन हुनेछ । प्रदेशगत रूपमा सबैभन्दा बढी विद्यार्थी बागमतीमा र सबैभन्दा कम कर्णालीमा रहेका छन् ।
बोर्डले सामूहिक अनुगमनमा रोक लगाउँदै आधिकारिक प्रतिनिधिबाट केन्द्र बाहिर मात्र अनुगमन गर्ने व्यवस्था गरेको छ । प्रश्नपत्र सबै जिल्लामा पु¥याइसकिएको छ भने प्रदेशअनुसार फरक–फरक प्रश्नपत्र छापिएको छ ।
प्रत्येक केन्द्रमा आवश्यक सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।














