काठमाडौं, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहणलगत्तै कर्मचारीहरूलाई काममा ढिलासुस्ती नगर्न कडा निर्देशन दिएका छन् ।
उनले सरकारको स्पिरिट अनुसार काम गर्न आग्रह गर्दै कुनै पनि बहानामा काम नरोक्न चेतावनी दिए ।
आवश्यक परे नियम–कानुन संशोधन गर्न सरकार सक्षम रहेको भन्दै जिम्मेवारीपूर्वक काम गर्न कर्मचारीहरूलाई आग्रह गरे । करिब पाँच मिनेटको छोटो ब्रिफिङमार्फत उनले स्पष्ट निर्देशन दिएका हुन् ।














