काठमाडौं, १३ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ ्।
मोदीले फेसबुकमार्फत लेखे, “नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकोमा हार्दिक बधाई ।
तपाईंको नियुक्ति नेपाली जनताले तपाईंमा राखेको विश्वासको प्रतिबिम्ब हो ।” उनले नेपाल – भारत सम्बन्धलाई अझ सुदृढ बनाउन र दुवै देशका जनताको हितका लागि बालेनसँग मिलेर काम गर्न उत्सुकता व्यक्त गरेका छन् ।














