काठमाडौं, १३ चैत । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच महिला मन्त्री परेका छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र कृषि मन्त्रीमा गीता चौधरी नियुक्त भएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको थियो ।














