काठमाडौं, २ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा पार्टीको आधिकारिक धारणा मात्र प्रस्तुत गर्न निर्देशन दिएको छ ।
बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सम्बोधन गर्दै उनले व्यक्तिगत धारणा राखेर बोल्ने प्रवृत्ति उपयुक्त नहुने जनाए ।
ओलीले संसद्मा पार्टीले तय गरेका नीतिअनुसार नै अभिव्यक्ति दिनुपर्ने उल्लेख गर्दै अनुशासन र एकताको महत्त्वमा जोड दिएको छ ।
उनले पार्टीको धारणा देशको हितमा केन्द्रित हुने भएकाले त्यसलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सांसदहरूलाई आग्रह गरेको छ ।














