काठमाडौं, ११ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार साँझ जारी सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५/१५ रुपैयाँ वृद्धि गरिएको हो।
नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा १८४ रुपैयाँ, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेको छ। यस्तै डिजेल/मट्टितेल पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।
निगमले विभिन्न सहरलाई तीन वर्गमा विभाजन गरी मूल्य निर्धारण गर्दै आएको छ, जसअनुसार काठमाडौं, पोखरा र दिपायल तेस्रो वर्गमा परेका छन्।














