KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पेठिया बजार अव्यवस्थित : सडकमै व्यापार, नियमन शून्य

पेठिया बजार अव्यवस्थित : सडकमै व्यापार, नियमन शून्य

जनकपुर, ११ चैत । जनकपुरको प्रमुख व्यापारिक केन्द्रमध्ये एक मानिने पेठिया बजार अहिले व्यवस्थापनको अभावमा अस्तव्यस्त बन्दै गएको छ ।

दैनिक सयौँ व्यापारी तथा ग्राहकको चहलपहल रहने यस बजारमा व्यापारीहरू सडकमै पसल थापेर व्यापार गर्न बाध्य भएका छन्, जसले बजारको स्वरूप नै अव्यवस्थित बनेको छ ।

स्थानीय व्यापारीका अनुसार बजार सञ्चालनको जिम्मा लिएका ठेकेदारले नियमित रूपमा उनीहरूबाट शुल्क असुल्ने गरेका छन्, तर त्यसअनुसारको सेवा र व्यवस्थापन भने उपलब्ध गराएका छैनन् ।

हामीले पैसा तिर्छौँ, तर कुनै बिल दिइँदैन, न त व्यवस्थित ठाउँ नै मिलाइन्छ, एक व्यापारीले गुनासो गरे । उनीहरूका अनुसार सडकमै पसल राख्नुपर्ने बाध्यता हटाउन ठोस पहल भएको छैन ।

पेठिया बजार करिब एक करोड एघार लाख रुपैयाँमा ठेक्का लागेको बताइए पनि त्यसअनुसारको पूर्वाधार, सरसफाइ, र व्यवस्थित स्टल व्यवस्थापन देखिएको छैन ।

सडक नै व्यापार गर्ने स्थान बनेपछि पैदल यात्रु र सवारी साधन दुवैलाई समस्या भइरहेको छ । विशेषगरी व्यस्त समयमा सवारी जाम अत्यधिक हुने गरेको स्थानीयले बताएका छन् ।

यस अवस्थाले जनकपुर उपमहानगरपालिकाको भूमिकामाथि पनि प्रश्न उठेको छ । स्थानीय सरकारको तर्फबाट बजारको अनुगमन, व्यवस्थापन तथा ठेकेदारको कामको मूल्यांकन प्रभावकारी रूपमा हुन नसकेको आरोप लाग्दै आएको छ ।

त्यसैगरी ठेकेदारको लापरवाही पनि उत्तिकै देखिएको छ । व्यापारिक कर उठाउने तर बजारलाई व्यवस्थित बनाउन कुनै ठोस योजना नलागु गर्ने प्रवृत्तिले समस्या झन् जटिल बनेको छ ।

व्यापारीहरूले उचित स्थान, बिल प्रणाली, र सुरक्षित व्यापारिक वातावरणको माग गरेका छन् । यदि समयमै बजार व्यवस्थापनमा सुधार नगर्ने हो भने भविष्यमा झन् ठूलो समस्या निम्तिन सक्ने स्थानीयको चेतावनी छ ।

सम्बन्धित निकायले तत्काल ध्यान दिई बजारलाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन पहल गर्नु आवश्यक देखिन्छ ।

Coming Soon…..Kp Report

Facebook Comment


Related Posts

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

सुकुम्बासी हटाउने विवादमा प्रधानमन्त्री शाहको स्पष्टीकरण

अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको सरुवा

अर्थ मन्त्रालयको चासोपछि सीडीएससी सीईओ फिर्ता

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

सुकुमवासीको खाना र बासको जिम्मा महानगरलाई

लमजुङ दुर्घटना : तीन गम्भीरसहित १२ घाइते, दुईको मृत्यु

पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटनाग्रस्त

ताजा समाचार

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

काठमाडौंका अवैध बस्ती हटाइँदै, १२ गतेदेखि डोजर चल्ने

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

सुकुम्बासी हटाउने विवादमा प्रधानमन्त्री शाहको स्पष्टीकरण

अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको सरुवा

अर्थ मन्त्रालयको चासोपछि सीडीएससी सीईओ फिर्ता

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

सुकुमवासीको खाना र बासको जिम्मा महानगरलाई

लमजुङ दुर्घटना : तीन गम्भीरसहित १२ घाइते, दुईको मृत्यु

पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटनाग्रस्त


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar