काठमाडौँ, ११ चैत । काठमाडौँमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ महाधिवेशन असोज १६-१८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
महाधिवेशन प्रक्रिया भदौ ३ गतेबाट वडा अधिवेशनमार्फत सुरु हुनेछ । निर्वाचन समितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का नियुक्त भएका छन् ।
साथै, बैठकले संविधान संशोधनका लागि सर्वपक्षीय छलफल अघि बढाउने र नयाँ सरकारलाई सकारात्मक सहयोग गर्ने निर्णय गरेको छ ।
भातृ तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाउन अध्ययन समिति पनि गठन गरिएको छ ।














