काठमाडौँ, ११ चैत । संयुक्त राज्य अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछानेलाई निर्वाचन सफलताका लागि बधाई दिएको छ ।
दक्षिण तथा मध्य एसिया मामिलाका अमेरिकी विशेष दूत सर्जिओ गोरले टेलिफोनमार्फत लामिछानेलाई सम्पर्क गर्दै रास्वपाको जितप्रति शुभकामना व्यक्त गरेको काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।
वार्ताका क्रममा गोरले नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक सम्बन्धलाई अझ बलियो बनाउने र दुई देशबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउन अमेरिका इच्छुक रहेको बताएका छन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्दै २७५ मध्ये १८२ सिट जितेको थियो, जसमा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट समावेश छन् ।














