महोत्तरी, ११ चैत । श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
भंगाहा नगरपालिका–९ हरिहरपुरमा बस्दै आएका ४२ वर्षीय वीरेन्द्र सदा -घर औराही नगरपालिका–२ चेपकट) लाई ३७ वर्षीया अनिता देवी सदाको हत्या गरेको आरोपमा बुधबार बिहान पक्राउ गरिएको हो ।
घटनाबारे सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट कञ्चनबनबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














