काठमाडौं, १० चैत । राखेपले एन्फालाई कारबाही किन नगर्नु पर्ने हो भन्ने स्पष्ट कारणसहित जवाफ दिन पत्राचार गरेका छन् ।
यसअघि पटक–पटक भएको छलफल र निर्देशनको पालना नगरेको भन्दै परिषद्ले कडा कदम चालेले बताए । राखेपका खेलकुद विकास विभाग प्रमुख सरोज कुमार पोखरेल का अनुसार परिषद्को कार्यकारी समितिको निर्णयअनुसार प्रचलित कानुन विपरीत काम गरेको ठहर गर्दै एन्फासँग स्पष्टीकरण मागिएको छ ।
यसअघि चैत ५ गते राखेपले एन्फालाई निर्वाचन स्थगित गर्न निर्देशन दिएको थियो । तर एन्फाले चैत ८ गते जवाफ दिँदै तोकिएकै मिति चैत १३ मा निर्वाचन हुने अडान लिएको हो ।
सोमबार राखेपका सदस्य सचिव राम चरित्र मेहता ले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतसँग अर्ली इलेक्सनबारे छलफल गरेका थिए ।














