काठमाडौँ, ८ चैत । काठमाडौँमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सिंहदरबारको सुरक्षा प्रबन्धबारे बैठक बसेको छ ।
बैठकमा गृहसचिव, प्रहरी महानिरीक्षकसहित उच्च अधिकारीहरू सहभागी थिए । नवनिर्वाचित सांसदहरूको शपथग्रहण, संसद् अधिवेशन सञ्चालन तथा सिंहदरबारभित्रको समग्र सुरक्षा तयारीबारे छलफल गरिएको हो ।
गृहमन्त्रीले ट्राफिक, सुरक्षा र आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिएका छन् भने आवश्यक तयारी पूरा भएको प्रहरीले जनाएको छ ।














