काठमाडौँ, ८ चैत । काठमाडौँमा निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू र आयोगका सचिव बालुवाटार पुगेर प्रतिवेदन बुझाएका हुन् ।
कार्यक्रममा बिभिन्न मन्त्रीहरूको पनि उपस्थिति रहेको थियो ।














