काठमाडौँ, ८ चैत । होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाज र ऊर्जा पूर्वाधारमाथि भएको भनिएको आक्रमणप्रति २२ देशले संयुक्त वक्तव्य जारी गर्दै इरानको कडा निन्दा गरेका छन् ।
संयुक्त अरब इमिरेट्ससहित विभिन्न युरोपेली र एशियाली देशहरूले हस्ताक्षर गरेको उक्त वक्तव्यमा समुद्री मार्ग अवरुद्ध हुनुले विश्वव्यापी असर पर्ने उल्लेख गरिएको छ ।
देशहरूले अन्तर्राष्ट्रिय कानूनअनुसार समुद्री मार्गको स्वतन्त्रता कायम गर्नुपर्नेमा जोड दिँदै सुरक्षित आवागमन सुनिश्चित गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्षेत्रको सुरक्षाका लागि युद्धपोत परिचालन गर्न आग्रह गरेका थिए ।














