KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

हाम्रो अधिकार खोइ? भन्दै मधेशी दलित सडकमा

हाम्रो अधिकार खोइ? भन्दै मधेशी दलित सडकमा

जनकपुर, ७ चैत । पछिल्ला केही वर्ष मधेशी दलित समुदायका लागि निराशाजनक रहेको ठहर गर्दै उनीहरूले सरकारलाई सुधारका लागि दबाब दिने निर्णय गरेका छन् ।

समुदायका अगुवाहरूले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउनेदेखि चरणबद्ध आन्दोलन गर्ने योजना अघि सारेका छन् । ६१औँ जातीय भेदभाव तथा उन्मूलन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सहभागीहरूले निर्वाचनसम्बन्धी कानुनमा रहेको कमजोरीप्रति असन्तुष्टि जनाउँदै त्यसलाई परिमार्जन गर्न माग गरेका छन् ।

समानुपातिक प्रणालीअन्तर्गत विभिन्न क्लस्टर तोकिए पनि मधेशी दलितका लागि छुट्टै स्थान नदिइनु अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ । गत प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मधेशी दलितको प्रतिनिधित्व नहुनु समावेशी व्यवस्थामा गम्भीर कमी भएको उनीहरूले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्रका प्रदेश संयोजक राजु पासमानले यसलाई सुधार गर्न आवश्यक रहेको उल्लेख गरे । पूर्व सांसद चमेली देवी दासले राज्यले चासो नदेखाए आन्दोलन थप कडा बनाइने चेतावनी दिँदै स्थानीय तहदेखि प्रदेशसम्म संघर्ष समिति गठन गरिने बताइन्।

त्यस्तै दलित अगुवा रामो महराले आन्दोलन अधिकार प्राप्तिका लागि भएको स्पष्ट पार्दै प्रत्यक्ष निर्वाचनमा दलितका लागि आरक्षित क्षेत्रको माग अघि सारे । कार्यक्रममा विभिन्न जिल्लाका दलित अगुवाहरूको सहभागिता रहेको थियो । उनीहरूले सम्बन्धित निकायले चासो नदिए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

उल्लेखनीय छ, सन् १९६० मा दक्षिण अफ्रिकामा जातीय विभेदविरुद्धको आन्दोलनमाथि दमन भएपछि विश्वव्यापी रूपमा यसको विरोध चर्किएको थियो। त्यसको सम्झनामा संयुक्त राष्ट्रसंघले सन् १९६६ देखि यो दिवस मनाउन थालेको हो ।

साथै, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि राजनीतिक दलले मधेशी दलितलाई समानुपातिक सूचीमा समावेश नगरेको भन्दै समुदाय केही दिनदेखि निरन्तर आन्दोलित रहँदै आएको छ ।

Facebook Comment


Related Posts

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग

ताजा समाचार

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

महोत्तरीमा दलित युवकको शंकास्पद मृत्यु

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

संविधान संशोधनका चार मुख्य एजेन्डा सार्वजनिक

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

धितोपत्र कारोबार प्रकरणमा गोल्छा पक्राउ

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

सरकारको प्रस्तावमा राष्ट्रपतिद्वारा संसद् बैठक स्थगित

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको अपिलपत्र: संक्रमणकालीन न्याय टुंग्याउन माग


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar