जनकपुर, १ चैत । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धनुषा-१ का उम्मेदवार किशोरी साह कमल को पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेल को संयुक्त इजलासले निर्वाचन आयोग नेपाल विरुद्ध दायर गरिएको रिटमा अन्तरिम आदेश दिन नमानेको हो ।
आयोगले फागुन १९ गते कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको आधारमा साहको उम्मेदवारी खारेज गरेको थियो । यद्यपि यसअघि सर्वोच्चले उनलाई कालोसूचीबाट हटाउन आदेश दिएको थियो ।
तर आयोगको निर्णय उल्ट्याउँदै उनलाई सांसद घोषणा गर्न भने अदालतले अस्वीकार गरेको छ ।
यसअघि आयोगले धनुषा–१ मा दोस्रो बढी मत ल्याएका मातृका प्रसाद यादव लाई सांसदको प्रमाणपत्र दिइसकेको छ ।














