कठमाडौं, २७ फागुन । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरिएको छ ।
अधिवक्ता लवन न्यौपानेले दायर गरेको रिटमा बस्नेतले न्यायाधीश तथा न्याय प्रणालीप्रति दिएको अभिव्यक्ति अवहेलना भएको उल्लेख गरिएको छ ।
उक्त मुद्दाको सुनुवाइ आगामी १ चैतका लागि तोकिएको छ । रिट निवेदकले बस्नेतमाथि कारबाही गरी न्यायालयको सर्वोच्चता कायम गर्न माग गरेका छन् ।














